जाजरकोट भुकम्प : ४८ जनाको मृत्यु

काठमाडौं । भुकम्पमा परी अहिलेसम्म ४८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जाजरकोट आसपास केन्द्रविन्दु रहेको ६.४ म्याग्निच्युडको भुकम्पबाट रुकुम पश्चिममा २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईले २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, विवरणहरु आउँदै छन् ।

जाजरकोटमा पनि भुकम्पबाट ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको ज्यान गएको हो । क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया