भूकम्पमा परी नलगाड नगरकी उपप्रमुख सिंहसहित १० जनाको मृत्यु

काठमाडौं । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपप्रमुख सिंहको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा २ जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको छ । मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।

भुकम्पबाट के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको बताइएको छ ।

प्रतिक्रिया