काठमाडौं । आइसिसी टि २० विश्वकप छनोट एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध घरेलु टोली नेपाल दबाबमा परेपछि खेल प्रेमीको आशा मर्दै गएको छ ।
ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६औँ ओभर सकिँदा ८ विकेट गुमाएर ९७ रन बनाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेकोछ ।
यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । आजको खेल जित्नेले त्रिवि मैदानमा नै सेमिफाइनल खेल्न पाउनेछ ।
आजको खेलमा पराजित हुने टोलीले सेमिफाइनल खेल मूलपानी मैदानमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया