रवि लामिछानेको अगाडि निरीह बनेको देशको कानुन

अनुषा थापा

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा सबै सिट आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । केही दिनअघि एउटा कार्यक्रममा बोल्दै उनले सबै सिट रास्वपाले नै जित्ने बताएका हुन् । लामिछाने लामो समय अमेरिका बसेर आएका व्यक्ति हुन् । अमेरिका जानुअघि उनी दरबारिया थिए । उनलाई ‘खंखार’ राजावादीको रूपमा चिनिन्थ्यो ।

अमेरिकाबाट फर्किएपछि उनले नेपालमा पत्रकारिता गरे । टेलिभिजन प्रस्तोताका रूपमा व्यापक चर्चा कमाएका उनले सुरुदेखि नै व्यापारीहरूसँग पैसा उठाउने गरेको कुरा जोकोही पनि बताउँछन् । अमेरिकाको नागरिकता र राहदानी लिइसकेका उनी भिजिट भिसामा २०७१ सालमा नेपाल आए । तर, घरायसी मामिलाका कारण उनी पुनः अमेरिका फर्किएनन्, यतै बसे ।

कुनै नेपाली नागरिकले अन्य मुलुकमा गएर त्यहाँको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः खारेज हुने व्यवस्था नेपाल सरकारले गरेको छ । तर, लामिछानेको हकमा यो लागू भएन । उनले नेपाल आएर टेलिभिजन प्रस्तोताको रूपमा काम गरे । यद्यपि, नेपाली नागरिकता लिन चासो देखाएनन् । अमेरिकी नागरिक भएरै उनले टेलिभिजनमा कार्यक्रम चलाए । नेपालको कानुनलाई उनले जानाजान लत्याएको स्पष्ट छ । सुशासन र सदाचारिताको विषयमा ठुल्ठूला कुरा गर्ने उनले नै नेपालको कानुन टेरेनन् । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदा उनले नेताहरूलाई बेस्सरी गाली गर्थे ।

विदेशमा अलपत्र परेका नेपालीलाई आफूले नेपाल फर्काएको भन्दै नौटंकी गर्ने उनी जहिले पनि उग्र रूपमा प्रस्तुत हुन्थे । उनले त्यहाँ हुँदा अंकुत सम्पत्ति कमाए । नेता, व्यापारी, निर्माण व्यवसायी, कर्मचारीहरूबाट घुस खाएर थुप्रै सम्पत्ति जोडे । उनी कतिसम्मको व्यक्ति ? आफूसँगै काम गर्ने पत्रकार शालिग्राम पुडासैनीलाई उनले मर्न बाध्य बनाए । उनको दबाब सहन नसकेर पुडासैनीले आत्महत्या गरे । तर, सबुत हुँदाहुँदै पनि नेपालको कानुनले दोषीलाई कारबाही गर्न सकेन ।

काठमाडौं क्षेत्र नम्बर २ एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसलाई विद्वानहरूको क्षेत्र भनिन्छ । वरिष्ठ नेताहरूले चुनाव जितेको ठाउँमा सोबिता गौतमले बाजी मारिन् । तर, उनले के काम गरिन् ? अहिले चुनाव जितेको ठाउँमा दोहो¥याएर उनीहरूले जित्दैनन् । अनि कसरी पहिलो पार्टी बन्ने ? कि त बुथ कब्जा गर्नुपर्यो । दिउँसै अध्याँरो पार्ने कुरा गरेर हुन्छ ? चुनाव जितेर आएर सरकारमा नगएको भए पनि जनताले विश्वास गर्थे ।

पत्रकार पुडासैनीले यथार्थ खोले तर केही काम लागेन । उनले आत्महत्या गर्नुअघि तयार पारेको एउटा भिडियो सार्वजनिक भएको थियो । जसमा लामिछानेको कारण आफू मर्न बाध्य भएको भनी खुलाएका छन् । उनले भिडियो त बनाए तर केही फरक परेन । आँखामा पट्टी बाँधिएका जनताको भिडलाई सडकमा उतारेर लामिछाने उम्किए । लामिछानेको अगाडि मुलुकको न्याय प्रशासन नै डगडग काँप्यो । प्रमाण हुँदाहुँदै पनि देशको कानुनले उनलाई छुन सकेन । त्यो घटनाबाट उनको पावर पुष्टि भइसकेको थियो । उनी ठूलै पहुँच भएको व्यक्ति रहेछन् भन्ने कुरा सर्वसाधारणले बुझिसकेका थिए ।

मर्ने मरेको मरै भए । त्यसलाई नै खुड्किलो बनाएर लामिछाने राजनीतिमा आए । जहाँ पुडासैनीले आत्महत्या गरेका थिए, त्यही क्षेत्रमा उनले चुनाव लडे । हिजो मुलुकमा राजनीतिक परिवर्तन गर्ने बेला उनी कहाँ थिए ? २०६२–६३ सालमा जनआन्दोलन हुँदा उनी अमेरिकामा मोजमस्ती गरिरहेका थिए । जसले एक थोपा रगत बगाएको छैन, एकदिन भूमिगत भएको छैन, जेल परेको छैन, आफन्त गुमाएको छैन, उसले ठूला कुरा गरेर हुन्छ ? राजतन्त्र फाल्न पूराना नेताहरूले धेरै संघर्ष गरे ।

उनीहरूले कदम नचालेको भए आज पनि पूरानै व्यवस्था हुन्थ्यो । अर्काले व्यवस्था ल्याइसकेपछि राजनीतिमा भित्रिने रवि लामिछानेको कुरा कसले पत्याउँछ ? जनतालाई उनले अनपढ ठानेका छन् । एउटा उखान छ, ‘दुःख गर्ने कालु, मकै खाने भालु’ लामिछानेको कुरा ठ्याक्कै त्यस्तै छ । चुनाव जितेर आउनेबित्तिकै लामिछाने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री खान पुगे । नागरिकताको विवादमा परेका उनको सबै पद सर्वोच्च अदालतले खाइदियो ।

पार्टी सभापतिदेखि लिएर सांसद, उपप्रधान र गृहमन्त्रीको पद गुमाए । उनले सिडियो कार्यालय, काठमाडौंमा निवेदन दिए, नागरिकता लिए । नागरिकता लिनेबित्तिकै बालुवाटार धाउने क्रम सुरु भयो । अन्य मन्त्री नखाने, गृहमन्त्री नै चाहिने अडान कसेपछि प्रचण्डले मानेनन् । उनी गुलामी गरिरहेका थिए तर प्रचण्डले ‘रेस्पोन्स’ नै गरेनन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब दिन थाले । त्यतिबेला प्रचण्ड र ओलीको मिलीजुली सरकार थियो ।

प्रचण्डले गृहबाहेक अरू मन्त्री खानुस् भनेपछि उनले आफ्नो पार्टीबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाए । आफूले नपाउँदाको रिस उनले अरूमाथि निकाले । चितवनमा निर्वाचन आयोगले पुनः उपनिर्वाचन गराउनुपर्ने भयो । २०८० वैशाख १० गते उपनिर्वाचन भयो । जनताले तिरेको करोडौँ रुपैयाँ कर फोगट्टे खर्च भयो । अर्कोतिर, मतदाताले फेरि गएर मतदान गर्नुपर्ने भयो ।

यसको दोषी को ? रवि लामिछाने हुन् । उनले पहिल्यै नागरिकता लिइदिएको भए जनताले तिरेको कर खेर जाँदैनथ्यो । न जनताले दोहो¥याएर दुःख पाउथे । आफू गल्ती गर्ने अनि दुःखचाहिँ जनतालाई दिने । कति नराम्रो सोचविचार भएका व्यक्ति हुन् । चुनाव जितेर आइसकेपछि पनि उनको दौडधुप सुरु भयो । मन्त्री पाइन्छ कि भनेर उनी कहिले कांग्रेसका सभापति शेरबहादुर देउवा त कहिले ओली भएकोतिर पुग्थे ।

तर, उनको केही लागेन । आफ्नै पार्टीका सांंसदको समेत उनी खोइरो खन्न पछि हट्दैनथे । सांसद स्वर्णिम वाग्लेले संसद्मा अर्थतन्त्रको विषयमा बोलेका थिए, लामिछानेले उनको सातो खाइदिए । अर्थविद् एवं राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेको व्यक्तिले आर्थिक मामिलामा बोलेका कुरा अवास्तविक थिएन । तर रवि लामिछानेलाई पचेन । उनले वाग्लेलाई निकाल्न मात्र बाँकी थियो । आफ्ना पार्टीका सांसदलाई स्वीकृतिबिना मिडियामा भनाइ राख्न नपाउने भनेर अंकुश लगाए ।

देशमा लोकतन्त्र, गणतन्त्र आइसकेको छ । नेपालको संविधानले बोल्न स्वतन्त्रता दिएको छ । उनले त राजा जस्तै सिधै निर्णय लादिदिए । सांसद हुनुअघि उनीहरू नेपाली जनता हुन् । संविधानले नै बोल्ने अधिकार दिएको छ भने लामिछाने रोक्न खोज्ने को हुन् ? उनले सांसदहरूलाई नियन्त्रण गर्न खोजे । जसका कारण उनको पार्टीबाट चुनाव जितेर आएका सांसदहरूले आफ्नो कुरा सदनमा खुलेर राख्न सकेका छैनन् ।

उनीहरू पिँजरामा हालेको चराजस्तै भएका छन् । पार्टीले टिकट दिए पनि जिताउने जनता हुन् । जनताको कुरा उठाउनु उनीहरूको दायित्व हो । पार्टीको सभापतिको कुरा होइन्, जनताको कुरा सांसदहरूले उठाउनुपर्छ । रास्वपालाई भोट दिएर जिताउने मतदाताहरू निराश भएका छन् । उनीहरूले आफ्ना समस्या नउठाउँदा भोट दिएकोमै थुकथुकी गर्न थालेका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसलाई विद्वानहरूको क्षेत्र भनिन्छ । वरिष्ठ नेताहरूले चुनाव जितेको ठाउँमा सोबिता गौतमले बाजी मारिन् । तर, उनले के काम गरिन् ? अहिले चुनाव जितेको ठाउँमा दोहो¥याएर उनीहरूले जित्दैनन् । अनि कसरी पहिलो पार्टी बन्ने ? कि त बुथ कब्जा गर्नुप¥यो । दिउँसै अध्याँरो पार्ने कुरा गरेर हुन्छ ? चुनाव जितेर आएर सरकारमा नगएको भए पनि जनताले विश्वास गर्थे । विपक्षमा बसेर जोडतोडका साथ जनताको कुरा उठाएको भए जनतामा प्रभाव पथ्र्यो ।

उनी सरकारमा गए । नागरिकताको विवाद ननिस्किएको भए उनले अहिले पनि गृहमन्त्री खाइरहेका हुन्थे । जनताले उनलाई के आधारमा विश्वास गर्ने ? पहिल्यैदेखि विवादमा तानिएका उनीमाथि विश्वास गर्ने कुरा आधार छैन । अदालतले पद खाएको झोकमा उनले पत्रकार सम्मेलन गरेर मिडियालाई जथाभावी गालीगलौज गरे । मिडियाले उनलाई त नागरिकता नलिनु भनेको थिएन ।

कानुन नमान भनेका थिएनन् । गल्ती आफ्नो अनि गाली अरूलाई गर्न सुहाउँछ ? उनले जनतासँग माफी माग्नुपथ्र्यो । गल्ती स्वीकार्नुपथ्र्यो । तर, उनले जनताको दिमाग नै घुमाइदिए । खुरापाती दिमागको प्रयोग गरेर कहिलेसम्म जनतालाई झुक्काउने ? लामिछाने पटकपटक कानुनबाट उम्किए । उनको अगाडि देशको न्यायालयदेखि प्रशासनसम्म निरीह बन्यो । उनी कानुनभन्दा माथि भए ।

प्रतिक्रिया