टी–२० विश्वकप छनोट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।

सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई–दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ ।

नेपालले यसअघि सन् २०१४ मा बंगालादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ । अहिले ७औँ ओभर चल्दै गर्दा नेपालले एक विकेट पनि नगुमाई ६८ रन बनाएको छ । ओपनर कुशल भुर्तेल र आशिफ शेख मैदानमा छन् ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी रहेका छन् ।

प्रतिक्रिया