काठमाडौं । त्रिकोणात्मक सिरिज क्रिकेटअन्तर्गत नेपालले टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल अब केही बेरमा हुँदै छ ।
घरेलु मैदानमा हुने आइसीसी विश्वकप टी २० एसिया छनोटको तयारीस्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ ।
पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्न चाहन्छ । उता हङकङ पनि नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सुखद नतिजा हात पार्न चाहन्छ ।
टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
प्रतिक्रिया