प्रगतशिल युवा समाज र वल्र्डभिजनले समाजमा राम्रो काम गरेको छ : मेयर बजाल

बझाङ । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले प्रगतशिल युवा समाज र वल्र्डभिजनले जयपृथ्वी नगरपालिकामा मात्रै नभई अन्य पालिकाहरुमा पनि राम्रो काम गरेको बताएका छन् । मंगलवार नगरपालिकाको सभाहलमा सञ्चालित, नगरपालिका स्थरिय परियोजना परिचयात्मक बैठकमा बाेल्दै नगरप्रमुख बजालले यस्ताे बताएका हुन् ।

उनले भने, ‘प्रगतिशिल युवा समाज र विगत तिन वर्षदेखी हाम्रो पालिकामा साझेदार सस्थाको रुपमा रहेको छ । यस संस्थाले नगरपलिकाका विभिन्न वडाहरुमा बाल सँरक्षण तथा बाल प्रायोजन परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत शिक्षा र बालवालिकाको क्षेत्रमा राम्रो काम गर्दै आएको छ ।’

यसै कार्यक्रम मार्फत पालिकाका विभिन्न वडाहरुमा बनेका भौतिक संरचनाहरु विद्यालय शाैचालयहरु अपाङ्गमैत्री, वालमैत्री र भुकम्प प्रतिरोधी हुनुका साथै भवनहरु पनि गुणस्तरीय बनाएको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केशीले जयपृथ्वी नगरपालिका र अन्य पालिकाहरुमा जिविकोपार्जन र बालवालिकाहरुलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषायमा साेच्नु पनेर् बेला भएकाे बताए ।

कार्यक्रममा प्रगतिशिल युवा समाजका कार्यक्रम व्यावस्थापक यज्ञ जोशीले वल्र्ड भिजन तथा साझेदार सस्था द्धवारा आर्थिक वर्ष सन् २०२४/२५ मा सञ्चालित परियोजनाहरुको बारेमा जानकारी गराए ।

कार्यक्रममा जयपृथ्वी नगरपालिका भित्रका १ देखी ११ सम्मका वडाअध्यहरु, शिक्षा संयोजक साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिरुको उपस्थिीति रहेको थियो ।

प्रतिक्रिया