काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । राष्ट्रिय टोलीमा लोकेश बम र सूर्य तामाङले पनि स्थान बनाएका छन् ।
पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा र सोमपाल कामी छन् । यसैगरी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव र सागर ढकाल पनि टिममा परेका छन् । यस्तै, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र मौसम ढकालले पनि टोलीमा स्थान बनाएका छन् । १ कात्तिकबाट सुरु हुने नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० शृंखला १० कात्तिकसम्म चल्नेछ ।
प्रतिक्रिया