काठमाडौं । दसैंलाई लक्षित गरेर भाटभटेनी सुपर स्टोरले विभिन्न अफरहरु सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गरेर करिब ३० करोड रुपैयाँ बराबरको स्किम भाटभटेनीले ल्याएको छ । डिजिटल दसैं अफर अनुसार देशभर सञ्चालनमा रहेको २६ वटा भाटभटेनी स्टोरमा गार्मेन्ट, जुत्ता, सारी र कुर्ता खरिद गरेपछि डिजिटल भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत छुट पाउने भएका छन् । १० प्रतिशत छुट भाटभटेनीबाट र ५ प्रतिशत छुट बैंकिङ पार्टनरबाट दिइनेछ । डेबिट कार्ड, केडिट कार्ड वा क्यूआरबाट भुक्तानी गरेर १५ प्रतिशत छुट पाउन सकिन्छ । यो योजनामा एनआइसी एसिया, प्रभु बैंक, हिमालयन बैंक र एनआइएमबी बैंक पार्टनर रहेका छन् ।
ती सामानहरु स्टोरमै नगदबाटै खरिद गरेर भुक्तानी गर्नेहरुले भने १० प्रतिशत छुट पाउनेछन्। यो योजनासँगै ग्रसरी सामान खरिद गर्नेहरुलाईका लागि पनि विभिन्न अफरहरु रहेको पनि कम्पनीले जनाएको छ । दसैंलाई लक्षित गरेर भाटभटेनीमा इलेक्ट्रोनिक सामाग्री खरिद गर्ने ग्राहकलाई २२ प्रतिशत छुटको व्यवस्था गरिएको छ । २ हजार ५०० रुपैयाँ सम्म सामान खरिद गर्नेहरुले टाटा मोटर जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, सेन्चुरीको ५०० रुपैयाँसम्मको प्रोडक्ट खरिद गरेर सुजिकी अल्टो जित्न पाइने अफर ल्याइएको छ । दुई हजार रुपैयाँसम्मको युनिलिभरको सामान खरिद गर्ने ग्राहकहरुले स्कुटर, वासिङ मेसिन, आइफोन १३ प्रो म्याक्स र एलइडी टिभी जित्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, सितारामको दूधबाहेकका सामान खरिद गर्दा वासिङ मेसिन, रेफ्रिजिरेटर, टिभी र इन्डक्सन जित्न सक्ने अफर पनि ल्याइएको छ ।
प्रतिक्रिया