सहकारीका सञ्चालकहरू भने लुकीलुकी हिँड्छन् तर ग्राहकहरू र स्टाफहरू मारमा पर्ने गरेका छन् । सम्बन्धित निकायहरू र नियामक निकायहरूले बलियो अनुगमन नगरेको देखिएको छ । नियामक निकायका पदाधिकारीहरूले आफ्नो गोजी भर्ने गरेका कारणले यस्तो स्थिति आएको हो । कतिपय सहकारी संस्थाहरू भागी पनि सकेका छन् ।
पछिल्लो समयमा फुटपाथे ब्यापारीदेखि चलचित्रका वरिष्ठ कलाकारहरूसमेत सहकारीबाट पीडित भइरहेका छन् । पीडाबाट मुक्ति खोज्न कलाकारहरू अनशनमा समेत बस्नुप¥यो । सहकारी पीडितहरूको बिचल्ली भइरहेको सरोकारवालाहरू बताउँछन् । सहकारीमा करौडौँ करोड रकम फस्नेहरू पनि थुप्रै भेटिन्छन । देशमा भएका सबैजसो सहकारी संस्थाहरू एकैचोटी कसरी समस्यामा परे त भन्ने विषय महत्वपूर्ण छ ।
सबैजसो सहकारीमा समस्या देखिनु आश्चर्य हो । सहकारीहरूले लगानी गरेको नउठेको हो कि सहकारी संस्थाका सञ्चालकहरूले बेइमानी ठगी गरेका हुन् त ? यसबारेमा छानबिन गर्न सरोकारवालाहरूले त्यति चासो देखाएनन् । यसका लागि सहकारी पीडितहरूले आन्दोलनसमेत गर्नुप¥यो र प्रहरीको डण्डासमेत खानुप¥यो । आफ्नो पैसा पनि नपाउने प्रहरीको लाठी पनि खानुपर्ने डबल बिचल्ली भयो । बेलैमा सम्बन्धित सरोकारवालाहरूले र सरकारले यसमा चासो नदेखाएकोले यस्तो समस्या आएको हो । सहकारीमा आफूले जम्मा गरेको रकम नपाएको कारणले विवाद हुलदंगा र झगडासमेत हुने गरेका छन् ।
सहकारीका सञ्चालकहरू भने लुकीलुकी हिँड्छन् तर ग्राहकहरू र स्टाफहरू मारमा पर्ने गरेका छन् । सम्बन्धित निकायहरू र नियामक निकायहरूले बलियो अनुगमन नगरेको देखिएको छ । नियामक निकायका पदाधिकारीहरूले आफ्नो गोजी भर्ने गरेका कारणले यस्तो स्थिति आएको हो । कतिपय सहकारी संस्थाहरू भागी पनि सकेका छन् ।
सहकारी संस्थाहरू वचतकर्ताहरूको निक्षेप डुबाएर भाग्ने गरेको समाचारहरू बेलाबेलामा आउने गरिरहेका छन् । यस्तो स्थितिमा नै सम्बन्धित सरोकारवालाहरूले चासो देखाएको भए अनुगमन गरेको भए यो समस्याले विकराल रूप लिने थिएन । कतिपय सहकारी संस्थाहरूले वृद्धहरूले जम्मा गरेको वृद्ध भत्ताको रकमसमेत डुबाएका छन् । सहकारीमा एकै व्यक्तिले करोडाँै रकम जम्मा गर्न ठिक हो त ? निश्चय पनि होइन, किनकी सहकारी संस्था भनेको त आफ्नो संस्थाका सदस्यहरू सेयरधनीहरूबीच सानोसानो रकमहरूको लेनदेन कारोबार गर्नका लागि स्थापना भएको हो । तर, नेपाल देशभरि च्याउसरह उम्रेका सहकारी संस्थाहरूले नियम विपरीत, सहकारीको उद्देश्य विपरीत कारोबार गर्ने गरेका छन् । त्यो पनि ग्राहकहरूलाई सेयरधनी नबनाई ।
आफ्ना सेयरधनीहरूले मात्र कारोबार गर्ने संस्था भए पनि बेलाबेलामा सहकारी संस्थाहरूले निक्षेपकर्ताहरूको निक्षेपको रकम कुम्ल्याएर भागेका समाचारहरू आइरहेका हुन्छन् । सहकारीका वचतकर्ताहरूले बेलाबेलामा सरहकारी संस्थाविरुद्ध उजुरी हालेको समाचारहरू पनि आइरहेका हुन्छन् । तैपनि सहकारी संस्थाहरूमा हुने गरेको बेथितिहरूको बारेमा अनुगमन गर्ने गरिएको पाइँदैन । बेलाबेलामा वचतकर्ताहरूको रकम खाएर सहकारीका सञ्चालकहरू भागेको समाचारहरू आउने गरेता पनि काग कराइरहन्छ पिना सुकिरहन्छ भन्ने उखानजस्तै अनुगमान गर्ने नियामक निकायहरू तमासे मात्र भइरहन्छन् ।
सहरहरूमा टोलैपिच्छे घरैपिच्छे सहकारी संस्थाहरू स्थापना भएका छन् । अझ एउटै घरमा तीन–चार वटा सहकारीहरू रहेका छन् । देशभरीमा लगभग ३० हजारभन्दा बढी सहकारी संस्थाहरू रहेको बताउँछन् सरोकारवालाहरू । नेपालमा अधिकार प्राप्त नेपाल राष्ट्रिय सहकारी महासंघ, सहकारी मन्त्रालय, सहकारी विभाग, नेपाल सहकारी बोर्डजस्ता अधिकार प्राप्त नियामक निकायहरू भए पनि यिनीहरूको अल्छीपना र कमिसनको चक्करले वचतकर्ताहरूको अर्बौं रकम डुब्ने गरेको छ । थुप्रै सहकारी संस्थाहरू निक्षेपकर्ताहरूको रकम झ्वाम पारेर भागेका छन । अर्बौं रकम झ्वाम पार्नेमा ओरियन्टल सहकारी, सिभिल सहकारी संस्था पनि छन् । ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत केही वर्ष चिसो छिडीमा राज गरेरसमेत आइसकेका छन् । त्यसो त सुधीर बस्नेतले सहकारीको रकमलाई आफ्नो हाउजिङ अपार्टमेन्ट व्यवसायमा लगाएका थिए, तर ती व्यवसाय चलाउन नसकेका कारणले सहकारीको रकम डुबेको हो भन्ने भनाइ पनि रहेको थियो त्यसबेला ।
त्यसैगरी सिभिल सहकारीले पनि वचतकर्ताको लगभग ६ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएको थियो । यही कारण सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ श्रमितीसहित झ्यालखानाको चिसो छिँडीमा राज गरिरहेका छन् । सिभिल सहकारीका सञ्चालक तामाङ सिभिल बैंकको अध्यक्षसमेत रहेका थिए । त्यसबेला उनी एमालेको तर्फबाट सांसदसमेत बनेका थिए । इच्छाराजको नेतृत्वमा सिभिल बैंकको साथै सिभिल होम्स, सिभिल मल, सिटिसी मलजस्ता कम्पनीहरू पनि सञ्चालनमा रहेका थिए । धेरैजसो सहकारी संस्थाहरूमा सामाजिक सुशासनको कमी छ । नीतिनियमको पालना भएको छैन । अनुशासित भएर संस्था सञ्चालन गरेको पाइँदैन । नियामक निकायहरूले अनुगमन नगरेकै कारण समस्या आएको हो । नियामक निकायहरूको निष्क्रियताको कारणले पनि केही सहकारीमा अनिमियता पलाएका हुन् ।
आखिर किन आकर्षण हुन्छन् त सर्वसाधारण ? खासगरी सहकारी संस्थाहरूमा ब्याज धेरै पाउने लोभले यो समस्या निम्त्याएको हो ‘लोभले लाभ लाभले विलाप’ भनेको यही हो । बैंक तथा वित्त कम्पनीहरूमा भन्दा पाँच–सात प्रतिशतले बढी ब्याज दिने गरेको बताउँछन् सहकारीका निक्षेपकर्ताहरू । यसकारणले पनि सहाकारी संस्थाहरूमा सर्वसाधारणको आकर्षण रहेको हो । केही सहकारीले १८ प्रतिशतसम्म ब्याज दिने गरेको बताउँछन् स्वयं वचतकर्ताहरू । वचतकर्ताहरूलाई बढी ब्याज दिने र चर्काे ब्याजदरमा ऋण प्रवाह गर्ने र धेरैजसो लगानी घरजग्गाहरूमा गर्ने गरेको कारणले पनि केही सहकारीहरू डुबेका हुन् ।
हिन्दीमा एउटा उखान छ, ‘हमतो डुबेंगे सनम, आपको भि ले डुबेंगे ।’ यो उखानलाई चरितार्थ गरेका छन् नेपालका सहकारीहरूले । केही सहकारीको गलत नियतको कारणले हजारौँ वचतकर्ताहरू डुब्ने गरेका छन् । कतिपय सहकारीले आफ्नो सदस्य सेयरधनीहरूको बीचमा मात्रै सानासाना रकमको कारोबार गर्ने गरेका छन् । बढी ब्याज पाउने लोभले बैंक तथा वित्त कम्पनीहरूमा आफ्नो रकम जम्मा नगरी सहकारीमा जम्मा गर्ने कारणले कतिपय सर्वसाधारण वचतकर्ताहरू डुब्ने गरेका छन् । सहकारी भनेको करोडौँ करोड रकम जम्मा गर्नको लागि होइन भन्नेसमेत सर्वसाधारणले थाहा नपाएका कारणले पनि ठूलो समस्या उत्पन्न हुने गरेको छ ।
आफ्नो मिहिनेतको कमाइ जम्मा गर्नका लागि सहकारीभन्दा बैंक भरपर्दा हुन् भन्ने जनचेतना प्रवाह हुन सकेको देखिन्न । त्यसो त केही बैंकहरूमा पनि घोटाला नभएको भने होइन । तर सहकारीभन्दा ब्याज अलि कम भए पनि बैंक कम जोखिमका छन् ।
प्रतिक्रिया