पत्रकार बराइलीको शब्द र गायिका अनुको आवाजमा ‘माया बिनाको मान्छे’

काठमाडौं । पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ को शब्द रचना र गायिका अनु चौधरीको एकल आवाजमा ‘माया बिनाको मान्छे’ नामक गीतको भिडियो बजारमा आएको छ । रमेश सेञ्चुरीले उक्त गीतमा संगीत भरेका छन् ।

गीत र भिडियोमा लगानी भने हङकङबासी संगीत प्रेमी उपेन्द्र विश्वकर्माको रहेको पत्रकार बराइलीले बताए । त्यस्तै गीतको भिडियोमा पत्रकार बराइलीकै निर्देशन रहेको छ भने मन बहादुर पुनको छायांकन तथा लोकेश भाटको सम्पादन गरेका छन् ।

भिडियोमा मोडल मञ्जिता केसी, शब्द रचनाकार एवं पत्रकार प्रकाश बराइली, राजकुमार रायमाझी, सुजन बराइली, भिमबहादुर पौडेल, रमेश सेञ्चुरीले अभिनय गरेका छन् । उक्त गीतको भिडियो म्याग्देली डिजिटल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा प्रेमिकाले प्रेमिलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको र अन्तिममा उस्को मायालाई बुझेर समर्पण गरेको विषय समेट्न खोजिएको पत्रकार बराइलीले बताए । साँचो प्रेमको कदर गर्नुपर्छ भन्ने मान्यतालाई गीतको शब्द र भिडियोमार्फत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया