इजरायलमाथि हमासको आक्रमणमा हामी संलग्न छैनौं – इरान

काठमाडाैं । इरानले इजरायलमाथि हमासले गरेको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ । समाचार संस्था रोयटर्सका अनुसार, एक विज्ञप्तिमा इरानले भनेको छ, ‘दृढतापूर्वक हामी प्यालेस्टाइनीको समर्थनमा छौँ । यद्यपि, हामी प्यालेस्टाइनीको प्रतिक्रियामा संलग्न छैनौँ । किनकि यो पूर्णतः प्यालेस्टाइनीले चालेको कदम हो ।

यसअघि हमासले इरानकै सहयोगमा शनिबार बिहान आक्रमणलाई सफल पारेको बताएको थियो ।

हमासका प्रवक्ता गाजी हमदले बीबीसीलाई बताएअनुसार, इजरायलमाथि हमला गर्न हमासलाई इरानकाे मुख्य साथ थियाे ।

इरानले पनि आक्रमणबारे प्रतिक्रियामा प्यालेस्टाइनीले गरेको आत्मरक्षाकाे संज्ञा दिएकाे थियाे ।

इरान हमास र प्यालेस्टाइनी इस्लामिमक जिहादसँगै लेबनानी चरमपन्थी समूह हिजबुल्लाहको पनि मुख्य समर्थक भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

प्रतिक्रिया