इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा संयन्त्रकाे बैठक जारी

काठमाडाैं । इजरायल-हमास संघर्षकाे चेपुवामा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ ।

सरकारले आइतबार मन्त्री साउदकाे संयोजकत्वमा संयन्त्र बनाएकाे थियाे । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ ।

इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहान हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । केही विद्यार्थी घाइते छन् भने एक सम्पर्कविहीन छन् । इजरायल र हमासबीच अहिले पनि संघर्ष जारी छ । दुवै पक्ष गरी अहिलेसम्म ११ सयभन्दा बढी मानिस मारिएका छन् भने हजाराैं घाइते भएका छन् ।

प्रतिक्रिया