बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टरको भूकम्भ, धेरै घरहरु भत्किए
टेकेन्द्र बाेहरा२०८० असोज १६ गते १६:२६ मा प्रकाशित
बझाङ । बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा गएको ६.३ रेक्टर स्केलको भूकम्पले बझाङका धेरै घरहरुलगायत विद्यालय भवनहरु भत्किएका छन् ।
त्यस्तै धरै घरहरु थर्किएका छन् भने पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे अझै थप विवरण आउँन बाँकी रहेको छ ।
आज भूकम्पको दोस्रो झट्कापछि जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिलालाई अस्पताल बाहिर ल्याएर नर्मल डेलिभरी गराउने कोसिस गर्दै नर्सिङ स्टाफहरू । तस्विर टेकेन्द्र बोहराआज भूकम्पको दोस्रो झट्कापछि जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिलालाई अस्पताल बाहिर ल्याएर नर्मल डेलिभरी गराउने कोसिस गर्दै नर्सिङ स्टाफहरू । तस्विर टेकेन्द्र बोहरा
प्रतिक्रिया