काठमाडौं । महिनौँ दिन बित्दा पनि चकुन्चा (खहरे खोला) खोलको व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध आन्दोलित भएका छन् । साउनको अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधारणले अहिले दुर्गन्धको सामना गर्नुपरेको सुनाए । बुढानीलकण्ठ नागरपालिकामा प्रतिनिधिहरू समेत सोमबार मैदानमा उत्रेर महानगरको निर्णयको विरोध जनाएका छन् । हामीहरू विकासमा सहकार्य गर्न तयार छौँ, तर विकल्पविना खोला खनेर छोड्दा त्यसले त्यस क्षेत्रका जनतामा गम्भीर असर पारेको छ’, बुनपा–१० का वडा अध्यक्ष नवराज भट्टराईले बताए । उनले त्यस क्षेत्रमा महानगर खनेर छोडेको चखुन्चा खोला अहिले ढलमा परिणत भएर दुर्गन्धित बनेको छ । यस क्षेत्रका स्थानीयहरू यसका कारण विभिन्न संक्रमणको सिकार भएका छन् ।
काठमाडौं महानगरले एकलौटी ढंगले खहरे खोतल्दा जोखिमको अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोला खोल्ने काम सुरु भएको थियो । सोही समयमा व्यवस्थापनका अन्य कुरा चाँडो सक्ने भनिएको थियो । तर अझै पनि व्यवस्थापन हुन नसक्दा कपनका सर्वसाधरण आन्दोलित भएका हुन् ।
खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधरण आत्तिएका छन् । फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ । हैजाको डरले सताउन थालेको सर्वसाधारण बताउँछन् ।
प्रतिक्रिया