काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले आफ्नै दलको आन्तरिक निर्वाचन अस्तव्यस्त भएकाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता रावलले दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले पूर्व निर्धारित समय विपरित मतदान र मतगणनाको समय लम्व्याइएको, राति राति मददात गराइएकोप्रति प्रश्न गर्दै त्यसबाट स्वच्छ र स्वस्थ राजनीतिलाई सहयोग नपुग्ने बताएका हुन् ।
‘दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट हुनुपर्छ । उम्मेदवारी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, मतदान र मतगणना गर्ने काम समयबद्ध हुनुपर्छ,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाधिवेशनरअधिवेशन लम्ब्याएर अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राति मतदान गराउने काम र प्रवृत्तिले स्वच्छ र स्वस्थ राजनीतिको विकासमा सहयोग पुग्दैन ।’
प्रतिक्रिया