विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १ सय ९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहं भूमिका निर्वाह गरेका थिए । नेपालमा पनि शान्तिपूर्ण जनआन्दोलनका प्रणेता महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर विश्व अहिंसा दिवस तथा गान्धी जयन्तीमा विशेष कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रममा राज्यको पनि सहभागिता रहँदै आएको छ ।
२ अक्टुबर अर्थात् विश्व अहिंसा दिवस । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै आज विश्व अहिंसा दिवस मनाइँदै छ । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले भारत स्वतन्त्रतामा योगदान पु¥याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सवको अवसर पारेर २ अक्टुबरलाई विश्व अहिंसा दिवस घोषणा गरेको थियो । विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १ सय ९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए । नेपालमा पनि शान्तिपूर्ण आन्दोलनका प्रणेता महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर विश्व अहिंसा दिवस तथा गान्धी जयन्तीमा विशेष कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रममा राज्यको पनि सहभागिता रहँदै आएको छ ।
केही साताअघि संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकाका राष्ट्रपति जो वाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसितको दुईपक्षीय संवादमा महान अहिंसावादी महात्मा गान्धीको विचार र दर्शनको प्रशंसा गर्दै त्यसको सान्दर्भिकता माथि जोड दिए । उनले विश्व शान्तिको निम्ति आज पनि महात्मा गान्धीको विचार महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुले वर्तमान युगमा पनि महात्मा गान्धीको सिद्धान्त सान्दर्भिक रहेको मान्न सकिन्छ ।
कुनै पनि युग स्थायी हुँदैन । समय सधैँ नै चलायमान हुन्छ । जसरी हामी अगाडि बढ्दै जानेछौँ, त्यसरी नै समय पनि अगाडि बढ्दै जान्छ । सूचना तथा ज्ञानका आयाम पनि बदलिन्छन् । यसै आयामको परिणाम हो, इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्छ कि वर्तमान युगको सामाजिक सञ्जाल भोलिका दिनमा हुनेछैन र यसको पनि ठाउँ कुनै नयाँ प्रविधिले लिनेछ । समय अनुसार पाइला चाल्नु नै आधुनिकता हो । यदि हामीले अहिलेको युगमा आपूmलाई परिवर्तन गर्न सकेनौं भने पिछडिएका मानिनेछौं । तर यो कुरा प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमाथि होइन । असल र प्रासंगिक विचार हाम्रो निम्ति सधैं उपयोगी र सान्दर्भिक रहिरहनेछ । महात्मा गान्धीको विचार आज पनि त्यत्ति नै सान्दर्भिक छ जति कि एक शताब्दी पहिले थियो, जतिबेला यसको प्रतिपादन उनले गरेका थिए । गान्धी को विचारको एउटा खास विशेषता भनेको उनको सन्देशले एउटा विशेष सार्वभौमिकता बोकेको हुन्छ, तसर्थ उनको विचार कुनै एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वको लागि प्रेरणादायक मानिन्छ । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाको निम्ति उनको विचार आज पनि प्रासंगिक छ ।
सत्य एवं अहिंसाको विचारलाई प्रतिपादन गरेका महात्मा गान्धी मानवीय मूल्य एवं मान्यतालाई बलियो बनाउने मामिलामा पनि महान् व्यक्तित्व नै थिए । गान्धी को विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गान्धी वादी संघसंस्थाहरूले पनि सत्य एवं अहिंसाका बारेमा नै सिकाउने गरेका छन् । विश्वको जुनसुकै भाग तथा देशमा पनि यदि हिंसात्मक गतिविधि बढिरहेको छ भने त्यसमाथि रोक लगाउने एउटामात्र अस्त्र भनेको गान्धी को सत्य एवं अहिंसाको विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गान्धी को विचारको निकै ठूलो महत्व छ यदि हामीले नैतिक र धार्मिक रूपमा पनि सत्य एवं अहिंसाको पालन गर्न थाल्नेछौँ भने यसको असर हाम्रो जीवनको क्षेत्रमा पनि पर्नेछ, चाहे त्यो राजनीति अथवा शासन व्यवस्था नै किन नहोस् ।
लोकतान्त्रिक व्यवस्थामा स्वराजको सपनालाई साकार गर्नु सहज काम होइन । स्वराजमा ‘स्व’को राज मात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’को निर्माण मात्रै भइरहेको छ । पैसा, जाति, पद, वर्ग र पुँजी आदिको रूपमा मात्रै ‘स्व’को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ तर गान्धी को शब्दमा ‘स्व’लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन । गान्धीलाई संसद तथा राज्यसत्तासित कुनै दुराग्रह थिएन तर उनी विकेन्द्रीकरण नीतिअनुसार गाउँलाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमान्डर तथा संसदलाई अपेक्षाकृत कम शक्ति दिन चाहन्थे तर त्यस्तो हुन सकेन । राजनीतिकर्मीहरूले लामो समयसम्म सत्तामा बसिरहनका निम्त जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्नयोग्य वस्तु ठान्ने काम मात्रै गरेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्ति मात्रै आयो ।
राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आप्mनो हितलाई पूरा गर्नका निम्ति मात्रै गरिरहेका छन् । फलस्वरूप जनताको मोहभंग भइरहेको छ र यसको असर व्यवस्थामाथि पनि परिरहेको छ । आज फेरि पनि गान्धी को ‘स्वराज’को आवश्यकतालाई महसुस गरिँदैछ । एउटा नेताको स्तरमा ‘स्व’को स्तरमा नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियमको पालना गरिनुपर्दछ ।
गान्धीको स्वराजलाई अन्य व्यवस्थाको तुलनामा अपेक्षाकृत बढी नै जनता समर्थक मानिन्छ । आमजनताले पनि स्वच्छता, सादगी, अहिंसा तथा अपेक्षाकृत असल नागरिक बन्नका निम्ति स्वराजको नियमलाई पालन गर्नु आवश्यक छ । गान्धी को स्वराजमा गरिबी तथा निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका निम्ति अनेकौँ उपाय बताइएका छन् । यसका अतिरिक्त भावी पुस्ताको निम्ति शिक्षा व्यवस्था कस्तो हुनुपर्दछ र यसको निम्ति ढाँचामा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासनअन्तर्गत आउनसक्ने सबैखाले चुनौतीहरूको समाधानको बाटो पनि देखाइएको छ ।
वर्तमान अवस्थामा गान्धीको स्वराजलाई धरातलमा उतार्न गा¥हो छ तर केही कुरामाथि गम्भीरतापूर्वक ध्यान दिने हो भने उनको स्वराजको नजिकसम्म अवश्य पनि पुग्न सकिन्छ । यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिकाको जाँच गर्न सकिन्छ तथा जाँचको परिणामलाई कार्यान्वयनमा ल्याएर जनताको विश्वास पनि जित्न सकिन्छ । लोककल्याणकारी समाजको स्थापना गरेर पनि केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालिएको मान्न सकिन्छ ।
लोकतान्त्रिक शासन प्रणालीमा शासक तथा व्यवस्थाप्रति असन्तोष बढ्नुको मूल कारण जनताको निम्ति बनाइएका कानुन र संस्थाले जब जनताको हितविपरीत तथा निष्पक्ष भावले काम गर्दैन अनि गएर मात्रै जनतामा असन्तोष उत्पन्न हुन जान्छ तसर्थ सरकारको काममा समानता एवं निष्पक्षता हुन आवश्यकता छ । महात्मा गान्धीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन । स्वराज प्राप्तिको निम्ति गरिबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्षेत्रको विकासलाई अपरिहार्य मानिन्छ । गान्धीको विचारमा स्वराज भनेको व्यक्तिको आप्mनो मनको शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक सावित हुन सक्छ तर यसको उपयोग त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला हामी पूर्णरूपेण स्वदेशी वस्तुलाई उपयोग गरिरहेका हुनेछौँ । यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथाव विरोध गर्नका निम्ति नभई यसलाई आप्mनो कर्तव्य ठानेर यस्ता काम गर्नेछौँ, गान्धीको विचारमा छात्रहरूलाई जीवनगत मूल्य एवं मान्यतामा आधारित शिक्षा दिइएन भने त्यो पनि महत्वहीन नै साबित हुनेछ । गान्धीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गर्दै यस कुरामा बल दिएका छन् कि स्वराजको स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्दछ । उनी पश्चिमेली सभ्यतालाई सरूवा रोगजस्तो ठान्दथे । किनभने यो भौतिक सुखमा आधारित हुन्छ तसर्थ उनी यसको अन्धो अनुकरणका विरोधी थिए तर पश्चिमा पनि राम्रो कुरालाई आप्mनो अनुकूल हुने गरी आत्मसात गर्न सकिन्छ भनेका थिए ।
पूरै विश्वमा सभ्यताको भविष्यलाई लिएर जुन बहस चलिरहेको छ, त्यसमा पनि गान्धीको विचार नै सबैभन्दा बढी प्रासंगिक विकासको रूपमा देखिएको छ । कुनै पनि राम्रो तथा कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्दछ । मेसिन, प्रविधि तथा यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्दछ । यसलाई नै साध्य बन्न दिनुहँदैन तर आधुनिक सभ्यताको आधार मूल्य, नीति एवं धर्मको ठाउँमा आधुनिक प्रविधि बन्न गएको छ । मनुष्यको जीवन, आकांक्षा, सुख–दुःख सफलता, असफलता, लाभ–हानि, प्रगति–पतन जस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउँमा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै संकट आउन थाल्छ ।
निहित स्वार्थ एवं संकिर्ण प्रतिगामी विचारलाई गान्धीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको क्षरण भइरहेको अवस्थामा व्यक्तिले आप्mनो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गान्धी कै ताकतको प्रतीक हो । यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासंगिक हो भने गान्धीको विचार हाम्रो निम्ति प्रासंगिक नै छ । २१औँ शताब्दीमा पनि गान्धी वादको सान्दर्भिकता र महत्वलाई अस्वीकार गर्न सकिँदैन ।
प्रतिक्रिया