तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ । मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको बताइएकाे छ ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए । मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया