काठमाडौं । साफ–यू १९ च्याम्पियनसिपअन्तर्गत आज भएको फाइनल खेलमा पाकिस्तानलाई हराउँदै भारत च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।
यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे । अर्को गोल गोगोसर गोएरीले गरेका थिए ।
पहिलो गोल ६४औँ मिनेटमा गरेका उनले अर्को गोल ८५औँ मिनेटमा फ्रिकिकमार्फत भएको हो । गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए ।
यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए । भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो ।
प्रतिक्रिया