जिल्ला बार एसोसिएशन पाँचथरको अध्यक्षमा सन्त राई

पाँचथर । नेपाल बार एसोसिएशन पाँचथरको अध्यक्षमा सन्त राई निर्वाचित भएका छन् । राईलाई १२औँ जिल्ला अधिवेशनले अध्यक्षमा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । राई लगायत ९ सदस्य कार्यसमिति बनेको छ ।

उक्त निर्वाचनबाट, उपाध्यक्ष गणेशप्रसाद पोखरेल, सचिव जयप्रकाश केरुङ, सहसचिव आस्था राई, कोषाध्यक्ष शर्मानन्द सिग्देल, सदस्य चन्दन रेग्मी, टिका तिम्सिना, लिलाप्रसाद राई,सहमान विश्वकर्मा, सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।

केन्द्रीय पार्षदमा अग्रज अधिवक्ता छवि बास्कोटा र खगेन्द्र बास्कोटा चयन भएका छन् । अधिवेशन उद्घाटन जिल्ला न्यायाधीश टिकेन्द्र दहालले गरेका थिए । बुधबार भएको बारअधिवेशनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया