काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ८ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईःलाई आज (मंगलबार) उपमेयर सुनीता डंगोलले भेटेकी छन् ।
यस क्रममा उपप्रमुख डंगोलले फुटपाथ व्यवसायीका लागि वैकल्पिक नीति बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको अभियन्ता ईः ले जानकारी दिएका छन् । केही साथीसहित अभियन्ता ईः यही असोज २ गतेदेखि प्लेकार्ड बोकेर उभिइरहेका हुन् ।
प्रतिक्रिया