पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री थिए ।

प्रतिक्रिया