भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरण, सय केजी सुन प्रकरण त उदाहरण मात्रै हो । साँचो अर्थमा गठबन्धन भनेको देश बेच्नेहरूलाई बचाउनका लागि पो हो कि ? कानुनी उन्मुक्ति दिनका लागि हो कि जस्तो देखियो । देशद्रोहीहरूलाई कानुन कहिल्यै लागेन । तृणमूल तहमा बस्ने मान्छेलाई कानुन लाग्ने, सत्तामा बस्नेलाई कानुन नलाग्ने कस्तो संविधान र कस्तो न्यायालय ? ढिलो चाँडो यिनीहरूको राम्रो नराम्रो पर्दाफास हुन्छ ।
एउटा भनाइ छ, ‘बाघ उफ्रिन्छ झारमा ।’ जनताले जति भने पनि काननै सुन्दैनन् ठूला भनिने राजनीतिक दलहरू । जनता मरे पनि के भयो र उनीहरूलाई ? हुटिट्याउले आकाश थाम्छु भनेर लगाएको गफ खुट्टा देखेरै चाल पाइयो भने जस्तै हाम्रा राजनीतिक दलका नेताहरूका पनि खुट्टी देखिइसकिएको छ । सानैदेखि लाएको बानी छाड्न सकेनन् । भस्मासुरलाई महादेवले वरदान दिए जस्तै भयो उनीहरूलाई । शासन सत्तामा पुग्न, एक पोष्टबाट अर्काे पोष्टमा पुग्नलाई जिल्लाजिल्लामा र गाउँ गाउँमा ठूला भनिने कांग्रेस, एमाले, माओवादी सबै पार्टीहरूले घम्साघम्सी हुन्छ । तर पदमा पुगेपछि सिन्को भाँचेको देखिन्न । मोजमस्तीमै लिप्त भए । मुख्य कुरा पदमा पुगेका व्यक्तिमा इमान्दारीता हुनुपर्ने थियो, तर झन बेइमान भएर निस्के । दिमागमै गलत प्रवृत्ति हावी भएपछि कस्को के लाग्छ ?
देशमा लोकतन्त्र छ । जनताले चुनावको माध्यमबाट शासन सत्तामा पु¥याउँने परिपाटी छ । बेइमानहरूबाट सत्ता खोसेर इमानदारलाई पु¥याउनका लागि हो लोकतन्त्र तथा चुनावको व्यवस्था । तर चुनाव निश्पक्ष हुन सकेन । जनताले आफ्नो स्वविवेकले भोट हाल्ने अवस्था अहिलेसम्म बनेनन् । तिनै बेइमानहरूलाई फेरी सत्ता संचालनका लागि बैधानिकता दिने नाटक जस्तो मात्रै भयो चुनाव । चुनावमा भ्रष्ट उम्मेद्वारहरूले सोझा साधा जनताकहाँ पुगेर भोज भतेर गर्छन् जाँड–रक्सी खुवाउँछन् । एक भोटको पाँच–६ हजारका दरले किन्छन् । इमानदार मान्छेले चुनाव जित्नै सक्दैन ।
उदाहरणका लागि डडेलधुरामा शेरबहादुर देउवाले पैसाकै खोलो बगाएर लगातार सातपटक चुनाव जितिसकेका छन् । त्यही आडमा पाँचपटक प्रधानमन्त्री भए । उनको यो चमत्कार पैसाकै शक्ति हो । त्यो पैसा देशको ढुकुटी लुटेर जम्मा गरिएको हो । न कुरा अरूका कुरा सुन्ने हो, न अरूले बोलेको कुरा बुझ्ने हो, न त उनले बेलेको अरूले बुझ्ने हो । तर चुनाव जितिरहन्छन् । पटकपटक प्रधानमन्त्री भइरहन्छन् । हामी जनताले बोल्नु र नबोल्नुमा केही अन्तर हुन छाडेको छ । गैंडाको छलामा चिमोटेजस्तो भएको छ ।
शासकको चरित्र राम्रो भए राज्यका सारा संयन्त्रहरू ठिक ठाउँमा रहेर राम्रोसँग सञ्चालित हुन्छन् । तर शासक वर्गको चरित्र नै खराब छ । शासक भनेको शरीरको दिमाग जस्तै हो । दिमाग नै खराब भएपछि शरीरका अन्य अंगले कसरी राम्रो काम गर्न सक्छन् ? हाम्रो देशको मुख्य समस्या नै यही हो । ठुलो पार्टीहरू कांग्रेस, एमाले र माओवादीहरूमा जस्तो नेता उस्तै कार्यकर्ता छन् । दूधको साक्षी बिरालो भने जस्तै । बुढी मरी भन्ने चिन्तासँगै काल पल्केको चिन्ता पनि थपिएको छ । चुनावको बेला मासु र भातमा लठ्ठ परेर आफ्नो मताधिकारको शक्तिलाई दुरुपयोग गर्नेहरूले भोलिपल्टदेखि एक किलो चामलको २० रुपैयाँ बढी मूल्य तिर्नुपर्छ भन्ने ख्याल कसरी गरुन ? आफ्नो भोटलाई पाँच हजारमा बेच्नेहरूले महिनाको पाँच हजार घर खर्च बढेपछि चाल पाउनै पर्ने हो ।
तर हाम्रो देशमा एक छाक मासु–भातका भरमा, पाँच हजार रुपैयाँका भरमा भोट बेच्नेहरू मात्रै छैनन् । कतिपय मतदाता झुक्किएका पनि छन् । कतिपय सज्जन मान्छेले इमानदारीपूर्वक मेरो उम्मेद्वार, मेरो छोराजस्तो चन्द्र सूर्यजस्तो ठानेर पनि मतदान गरे । आँफूले खाइनखाइ चन्दा दिए, भोक प्यास नभनी चुनाव प्रचारमा पनि खटिए । आफूले योग्य ठानेको व्यक्ति निर्वचित होस् भनेर धेरै प्रयत्न पनि गरे । किनकी उसले राम्रो भाषण गरेको थियो । हामी मिलेर पुलको काम गर्नु छ भनेका थिए । तर सपना जस्तै भयो । चुनाव जिताउन गरेको सारा श्रम खेर मात्रै गएन उल्टो परिणाम निस्क्यो । हरि बिजोक भइदियो । उसलाई भोट दिनु त सर्पसँग मित लगाउनुजस्तै भयो । ऊ त झन् एक नम्बर भ्रष्टाचारी र देशद्रोही भएर निस्क्यो । कुन समयमा सर्पले डस्ने हो भन्दै डराएर बस्तुपर्ने भयो । यहाँका इमानदार भनिने डाक्टर, इन्जिनियर विद्वानहरू पनि आलुबारीका ख्याक जस्तै भइदिए । देशद्रोहीहरू अपराधीलाई छाड्नु हुँदैन । एमसिसी पास गर्नेहरू शैतान हुन् ।
धरानमा गाई–गोरु काटेपछि देशैभरि आलोचना भएजस्तै एमसिसी पास गरेपछि पनि आवाज उठ्नपर्ने हो । तर किन उठेन ? एमसिसी पास गर्नेलाई पशुपति मन्दिरमा प्रवेश निषेध गर्नुपर्ने हो । भोलिका सन्ततिलाई माया नगर्नेलाई देश निकाला गर्नुपर्छ । छाती ठोकेर पास गर्ने कांग्रेसको के बुद्धी होला ? अलिकति जनभावना भएको एमालेको बुद्धि कसरी निदायो होला ? माओवादीको बाध्यत्मक चरित्रहीन काम कसले नबुझेको हो र ? भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा प्रकरण, सय केजी सुन प्रकरण त उदाहरण मात्रै हो । साँचो अर्थमा गठबन्धन भनेको देश बेच्नेहरूलाई बचाउनका लागि पो हो कि ? कानुनी उन्मुक्ति दिनका लागि हो कि जस्तो देखियो । देशद्रोहीहरूलाई कानुन कहिल्यै लागेन । तृणमूल तहमा बस्ने मान्छेलाई कानुन लाग्ने, सत्तामा बस्नेलाई कानुन नलाग्ने कस्तो संविधान र कस्तो न्यायालय ? ढिलो चाँडो यिनीहरूको राम्रो नराम्रो पर्दाफास हुन्छ । अर्काको आङमा जुम्रा हिँडेको देख्ने आफ्नो आङमा भँैसी हिँडेको नदेख्ने ।
प्रतिक्रिया