संविधान दिवसको अवसरमा ६७० जना कैदीकाे सजाय मिनाहा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६७० जनाको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेका हुन् ।

‘कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकको सिफारिस बमोजिम मिति २०८०/०६/०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘भीमबहादुर खवास समेतका ४९७ (चार सय सन्तानब्बे), हर्कबहादुर लिम्बु समेतका १७० (एक सय सत्तरी) र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत जम्मा ३ (तीन) जना गरी कूल जम्मा ६७० (छ सय सत्तरी) जना कैदीहरूको’ कैद मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया