भक्तपुर । दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
दुई महिना अगाडि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने ।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया