इलाम निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएकाे सूचना संसदमा सुनाइयाे

काठमाडाैं । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम- २ बाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको छ । शुक्रबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी सदनलाई गराए ।

निर्वाचित सदस्यको मृत्यु भएमा रिक्त भएको जानकारी सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) मा पनि सदनलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । गत २६ भदौमा संविधानसभा अध्यक्ष एंव पूर्वसभामुख समेत रहेका नेम्वाङको निधन भएको थियो ।

प्रतिक्रिया