जाजरकोटमा एक सुत्केरीको मृत्यु

रुकुम पश्चिम । जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । जाजरकोटको कुशे गाउँपालिका– ७ रमाईलाकी करिब ३४ वर्षीया सुत्केरी जानुका नेपालीको ज्यान गएको हो ।

आज (बिहीबार) बिहान आफ्नै घरमा छोरी जन्माएकी नेपालीको उच्च रक्तश्रापका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् । सिंहका अनुसार घरमै सुत्केरी भएकी नेपालीको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हुन सक्ने बुझिएको छ ।

घरमै सुत्केरी भएकी नेपालीको साल अड्किएपछि अत्यधिक रक्तश्राव भइरहेको थियो । बिहीबार बिहान ५ बजे घरमै छोरीको जन्म दिएकी नेपालीको साल अड्किएर उच्च रक्तस्रावपछि मृत्यु भएको हो ।

जाजरकोटमा अधिकांश सुत्केरी महिलाहरुको मृत्यु हुने गरेको छ । स्वास्थ्य संस्थाभन्दा घरमै सुत्केरी बढी हुने हुँदा सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया