रुकुम पश्चिम । डोल्पाको नन्द बक्स ब्यारेकमा कार्यरत मेजर विमल पण्डितको शव काठमाडौं पठाईएको छ। गत भदौ १० गतेबाट बेपत्ता भएका पण्डित मंगलबार मात्रै मृत अवस्थामा फेला परेका थिए ।
आफन्तले शव पहिचान गरेपछी उनको शव डोल्पा ल्याईएको थियो । आज (बुधबार) दिउँसो डोल्पाबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत शव काठमाडौं पठाईएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रशासनका अनुसार पण्डितको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ करबगाड स्थित भेरी नदि किनारामा फेला परेको थियो । कार्यक्षेत्रबाटै बेपत्ता भएका मेजरको मृत्युको कारण भने खुल्ल सकेको छैन् ।
रुकुम पश्चिम
प्रतिक्रिया