प्रत्येक ७० किमीमा चार्जिङ स्टेसन

राजनबाबु श्रेष्ठ, उपाध्यक्ष – नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल एवं सिइओ, सिप्रदी ट्रेडिङ

नीजि क्षेत्रको तर्फबाट बनेका विद्युतीय गाडीको चार्जिङ स्टेशन देशभरी बढाउने क्रममै छ । विद्युत प्राधिकारणले पनि राखिरहेको छ । नीजि क्षेत्र पनि यसमा लागेको छ । नेपालभरी हेर्दा प्रत्येक करिब ७० किमीको फरकमा चार्जिङ स्टेशन भेटिन्छ । फास्ट चार्जिङमा डिसी चार्जिङ र एसी चार्जिङ गरि दुईथरिका चार्जिङ स्टेशन छन् । डिसी चार्जिङ अहिलेसम्म नीजि क्षेत्रले २५ वटा भन्दाबढी राखिसकेको छ, भने एसी चार्जिङ त धेरै नै भइसकेको छ । एसी फास्ट चार्जिङ ७ दशमलव २ किलो वाटको त अहिले साँढे २ सयभन्दा बढी भइसकेका छन् ।

डिसी र एसीमा फरक


डिसी भनेको ठूलो गाडीमा भएको बढी क्षमताको ब्यट्री चार्ज गर्दा डिसीबाट एक घण्टामा हुन्छ भने एसी चार्जिङबाट भने अलि बढी समय लाग्छ । डिसी लेटेस्ट हो भने एसी प्रविधी केही समय अगाडीदेखि नै सुरु भएको हो ।

कति भित्रिए विद्युतीय गाडी ?

नाडाका अनुसार अहिलेसम्म चार पाङ्ग्रे सवारी साधनमात्रै ५ हजारभन्दा बढी भित्रिसकेका छन् । दुई पाङ्ग्रे्रे १५ हजार भन्दाबढी भित्रिएको तथ्यांक छ । भित्रिएका सवारीसाधनहरु स्टक बसेको छैन् ।

मर्मतसम्भार गर्ने ठाउँ र जनशक्तीको अवस्था

अहिले सबै इम्पोटरहरु (आयातकर्ता) ले इभीको मर्मत सम्भार गर्न पूर्वाधार बनाइसकेका छन् । जस्तो टाटाले देशभरी १६ वटा वर्कसपबाट इभीसम्बन्धी सबै किसिमका सेवा दिइहेकोे छ । त्यस्तै, अरु कम्पनीहरुले द्रुतगतिले बनाउदैछन् । इभी भित्रिएको छोटो अवधिमा धेरै पूर्वाधार तयार भैसकेको छ ।

इभीको प्रमोसनको लागि सरकारसँग मिलेर नाडाले काम गर्दै छ । यति धेरै विद्युत उत्पादनको सभवना छ, हुनेक्रममा पनि छ । अब त इभीलाई प्रमोट नगरी हुँदैन् । इन्धनको कारण नेपालको मुद्रा बाहिर गइरहेको अवस्थामा अब सरकार तथा नीजि क्षेत्र मिलेर काम गर्नुपर्दछ । विद्युतीय गाडीहरु देशभरी नै उपलब्ध छन् । इभीका ग्राहकहरुले विद्युत चार्ज सस्तो, ड्राइभिङ राम्रो आरामदायी र वातावरणीय हिसाबले पनि राम्रो भएकोले मन पराइरहेका छन् ।

प्रतिक्रिया