काठमाडौं । पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ । एमजी ४ र कम्प्याक्ट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सार्वजनिक भएकामध्ये कम्प्याक्ट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ । भारतमा बनेको कम्प्याक्टले २३० रेञ्ज दिन्छ ।
एमजी कम्प्याक्ट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । यो गाडीको कम्पनीले ३ वर्ष र १ लाख किलोमिटर वारेन्टी दिएको छ ।
एमजी४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ । यो गाडीमा ९९ र १५० किलोवाट मोटरमा उपलब्ध छ । कम्पनीका अनुसार १५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक पटकको चार्जमा यो गाडीले ४३५ किलोमिटरसम्मको रेञ्ज दिन्छ ।
१८०० एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन् । हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।
प्रतिक्रिया