काठमाडौं । सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए ।
विमानमा चालक दलका तीनजना सदस्यसहित ४२ जना सवार छन् । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।
यसअघि गएको असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
प्रतिक्रिया