झापा । झापाको मेचीनगर नगरपालिका १ तिरिङ्ग दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
ईलाम जिल्लाको रोङ्ग गाउँपालिका ६ बस्ने ४० बर्षिया महिला शुक्रबार सो नदीमा हाम फलेकी थिइन् ।
यसबारे सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया