लायन्स इन्टरनेशनल डिष्ट्रिक डीद्वारा दोलखामा राहत सामाग्री वितरण

कामठामडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक डीद्वारा दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नं. ७ र ८ मा राहत सामाग्री वितरण गरियो । गत साउन महिनाको १८ गते गएको विनासकारी पहिरोका कारण विस्थापित भएका ६३ परिवारलाई उक्त राहत सामाग्री वितरण गरिएको हो । अन्तराष्ट्रिय लायन्स क्लब अफ फाउन्डेशनको आर्थिक सहयोगमा करिब २० लाख बराबरको लत्ताकपडा, खाद्यान्न, ग्याँसलगायत आधारभूत आवश्यकताका सामानहरु वितरण गरिएको हो । उक्त विनासकारी पहिरोमा ४ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीद्वारा लायन्स क्लबले जीवनमा कहिल्यै नबिर्सिने गुण लगाएको बताए । पिछडिएको क्षेत्रमा काठमाडौंदेखि आएर मानविय सहयोग गरेकोमा आभार पनि व्यक्त गरे । आफूलाई पनि लायन्स बन्न उत्प्रेरित गरेको बताए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डि का गर्भनर रमेश लामाले पिछडिएको यस क्षेत्रमा आएर सहयोग गर्न पाउँदा आफूलाई गर्व लागेको र आउँदा दिनमा पनि समस्यामा परेका समुदायलाई मन, वचन र कर्मले सहयोग गर्न सम्पूर्ण लायन्सहरुलाई आग्रह पनि गरे । यसैगरी उनले अन्तर्राष्ट्रिय लायन्स क्लबले निर्देश गरेअनुसार काम गर्दै जाने बताए । कार्यक्रममा लायन्स क्लब अफ मनोहरालगायत अन्य क्लबहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया