फिदिममा मानव बेचबिखनविरुद्ध दिवस

पाँचथर । फिदिम बजारमा बुधबार १७औँ राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइएको छ । सो दिवसको अवसरमा जिल्ला प्रसाशन कार्यालयबाट बिहान फिदिम बजारमा प्रभात फेरि निकालिएको थियो ।

‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलन’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा विभिन्न नारासहितका प्लेकार्डसहित जिल्ला प्रसाशन कार्यालयदेखि निस्केको र्यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।

त्यस्तै मानव बेचबिखनविरुद्ध युगीन थिएटर फिदिमले चेतनामूलक सडक नाटक देखाइएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालयका कर्मचारी,राजनीतिक दल, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकारलगायतको सहभागिता रहेको थियो । सडक नाटक बिन्दास मार्केट, असिम मेडिकल अगाडि प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया