सन्तोष बस्ताकोटीले ल्याए ‘घरबेटीको छोरी’ (भिडियोसहित)

काठमाडौं । गीत संगीतमा अत्यन्तै रुची भएका स्याङ्जाको चापाकोट– ६ साँखरका सन्तोष बस्ताकोटीले घर ‘भेटीको छोरी’ बोलको गीत बजारमा ल्याएका छन् ।

वैदेशिक रोजगारीमा बसेर पनि गीत संगीतमा रम्न चाहेका बस्ताकोटीले आफ्नै लगानीमा उक्त गीतको अडियो–भिडियो सार्वजनिक गरेको बताए । गीतमा गायक बस्ताकोटी र गायिका ममता गुरुङको आवाज रहेको छ भने गायक बस्ताकोटीकै शब्द तथा चेतन गोतामेले संगीत भरेका छन् ।

बस्ताकोटी हाल साउदी अरबमा कार्यरत छन । उक्त ‘घर भेटीको छोरी’ भिडियोमा स्वयं सन्तोष बस्ताकोटी, विजय पुन, ममता गुरुङ र यशु भट्टराई लाई देख्न पाइन्छ ।

चेतन गोतामेको युट्युब च्यानलबाट बजारमा आएको उक्त भिडियोको निर्देशन मौसम हिमालीको रहेको छ । गायक बस्ताकोटीले अन्य गीतहरु पनि बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया