काठमाडाैं । न्याय सेवा आयोगले न्याय सेवाका १७१ जना अधिकारीहरूको सरुवा गरेको छ । आयोगको भदौ १९ को बैठकले सचिवदेखि उपसचिवसम्मको सरुवा र भरखरै बढुवा भएका सचिवको पदस्थापन गरेका हुन् ।
न्यायसेवा आयोगले तीन जना विशिष्ट श्रेणी (सचिव) का अधिकृतहरूको सरुवा गरेको छ । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा पुगेका छन् । त्यस्तै लीलादेवी गड्तौला (निरौला) लाई कानुन आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई कानुन आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै हालै बढुवा भएका फणिन्द्र गौतमलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ । त्यस्तै न्याय सेवा आयोगले १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।
प्रतिक्रिया