लमजुङ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ र ९ को बिच भागमा पर्ने मर्स्याङ्दी नदिमा एक वेवारिसे शव फेला परेको छ । बालुवाले पुरिएको ढुंगाको चेपमा उक्त शव फेला परेको हो । उक्त शव स्थानीयले देख्न साथ टेलिफोनमार्फत प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक हेमबहादुर बास्नेतको कमान्डमा ९ जनाको टोली खटिएको थियो ।
उक्त शव अनुसन्धान गर्दा भदौ १७ गते मर्स्याङ्दी गाउँपालिका– ७ बालुवास्थित मर्स्याङ्दी नदीमा बस खसेर बेपत्ता भएका बसका चालक चितवनको भरतपुर महानगरपालिका– १३ बस्ने ४० वर्षीय खेमबहादुर भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
लमजुङ
प्रतिक्रिया