‘ग्लोकल टीन हिरो २०२३’ को उपाधि श्रुति तिवारीलाई

काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२३ ”को श्रुति तिवारीले जित्न सफल भएकी छिन्। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौं संस्करण हो ।

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल, शिक्षक र अभियन्ता, तनहुँस अतिथ अधिकारी, सामाजिक उद्यमी, बाँके स माधव खनाल, लेखक, लमजुङस निराजन रिमाल, विज्ञान उत्साही, काठमाडौंस प्रीति पन्थ, सामाजिक अभियन्ता, गुल्मी र श्रुति तिवारी, वातावरण अभियन्ता, धनुषा बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो ।

श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन्। बाल अधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् ।

उनले ‘प्लास्टिकम्यान अभियान’ जस्ता प्रभावकारी अभियानहरूमा भाग लिएकी छिन्, जसमा एकल–प्रयोग प्लास्टिकको खपत घटाउँछ । वातावरणमा सकारात्मक प्रभाव पार्दै सेभ द चिल्ड्रेन र डब्लुडब्लुएफ नेपाल जस्ता संस्थाहरूसँग सफल वृक्षरोपण प्रयासको नेतृत्व गरिन् । २० भन्दा बढी दलित र जनजाति किशोरीहरुलाई समाजमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गर्दै सशक्तिकरणको अभियानमा प्रेरित गरिन् ।

यो पहल अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भएको हो । लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्दै, उनले ीन्द्यत्त्तक्ष्ंसमुदायलाई पनि समर्थन गरिन्, उनीहरूले सामना गर्ने चुनौती र भेदभावलाई सम्बोधन गर्न छलफलमा संलग्न छन् ।

यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले क्षमता बिकास कार्यशालामा सहभागी हुने अवसर प्राप्त गरेका थिए । अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र आजको समरोहमा २०२३ को बिजेता घोषणा गरिएको थियो ।

प्रतिक्रिया