बच्चा चाेरलाई प्रहरीले नसमातेकाे भन्दै स्थानीयद्वारा प्रदर्शन, दुई जना पक्राउ

राैतहट । बच्चा चाेरलाई प्रहरीले नसमातेकाे भन्दै स्थानीय द्वारा प्रदर्शन गरिएको छ । राैतहटमा बच्चा अपहरण गर्नेलाइ पक्राउ गर्न माग गर्दै टायर बालेर आज बिहानै प्रदर्शन गरिएको हाे । प्रहरीले चासो नलिएको भन्दै स्थानीयले आज बिहान सखुअवा चोकमा चक्काजाम गरेका छन् । माधवनारायण नगरपालिका-५ मिठुअवाका रामनरेश महतो सुढीले सोही ठाउँका एक नाबालिकलाई अपहरण गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए ।

स्थानीयहरु आज बिहान सखुअवा चोकमा दुई घण्टा सडक अबरुद्ध गरेपछी प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । त्यसपछी स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।

स्थानीय अबधेश महताेकाे ८ वर्षिय छाेरी खुशबु कुमारी महताेलाई साेही ठाउँका रामनरेश र उनकै भाइ रंजित महताेले रक्षाबन्धनका दिन भदौ १४ गते बिहिवारका दिन अपहरण गरेकाे आरोप लगाइएकाे छ । त्यसपछि पीडित परिवारले आफ्नाे बच्चालाई बन्धक बनाएको भन्दै अपहरणकारीलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीमा निवेदन परेपछि पक्राउ पर्ने डरले बन्धक बनाएकाे तीन दिनपछि आज बिहान मात्रै उक्त बालिकालाई अपहरण मुक्त गरेकाे खुलेकाे छ । तत्पश्चात पीडित परिवारले आज एकाबिहानै दाेषी महताेलाई पक्राउ गरी छानबिन गर्न प्रहरी चाैकी सुकदेव चाैकका असईलाई खबर गरेका थिए । तर प्रहरीले दाेषीलाई पक्राउ गर्न आलटाल गरेपछि आक्राेशित स्थानीयहरूले आज बिहानै ७ बजेदेखि ९ बजे सम्म सखुअवा चाेक स्थित गाैर-चपुर सडक खण्डमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए ।

स्थानीयहरूले आन्दोलन गरेको २ घण्टा नबित्दै प्रहरीले दुवै जना आरोपीलाई पक्राउ गरेकाे छ । दाेषी पक्राउ परेपछि स्थानीयहरूले आन्दोलन स्थगित गरी चक्काजाम खुलाएका थिए । पक्राउ परेकाहरू अहिले गरूडा प्रहरीकाे नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भईरहेकाे ईप्रका गरूडाका डिएसपी ओमप्रकाश खनालले जनाएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया