वडाध्यक्षसहित ८ जना जुवाखालबाट पक्राउ

काभ्रे । प्रहरीले जुवा खेलीरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ८ जनालाई पक्राउ गरेको छ । वडाअध्यक्ष दनुवारसहित ८ जनालाई पाँचखाल नगरपालिकासंगै रहेको एउटा घरबाट पक्राउ गरिएको हाे ।

जुवाको खालबाट करिब नगद १ लाख ९० हजार रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा अधिकांश ठूला पार्टीका स्थानीय नेता कार्यकर्ता रहेको बताइएको छ । नाम र ठेगानाबारे थप सोधपुछ गरिरहेको बताइएकाे छ।

प्रतिक्रिया