मोटरसाइकल अनियन्त्रित भइ ट्रकमुनी छिर्दा २१ वर्षीय युवकको मृत्यु

काभ्रे । बनेपा नगरपालिका– १३ स्थित अरनिको राजमार्गअन्तर्गत भैँसीपाटीमा मोटरसाइकल अनियन्त्रित भइ विपरीत दिशाबाट सवार ट्रकमुनी छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान १० बजे बनेपाबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रककोमुनी छिर्दा धुलिखेल वडा नम्बर १ बस्ने वर्ष २१ का अभिषेक न्यौपाने गम्भीर घाइते भइ उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

उक्त ट्रक र चालक मोटरसाइकल ईप्रका बनेपाको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात केही समय अवरुद्ध राजमार्ग सूचारु भएको बताइएको छ ।

प्रतिक्रिया