काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ मा रहेको चण्डेनी माध्यामिक विद्यालयका दुई शिक्षक विरुद्ध बाल यौन दुरव्यहार विरुद्धको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । विद्यालयका प्रधानध्यापक ४२ वर्षिय हेमराज विक र ३२ वर्षिय शिक्षक बलेन्द्र भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा बाल यौनदुर्व्यवहार विरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार पीडित छात्राहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा ती शिक्षक द्धयविरुद्ध किटानी जाहेरी दिएका हुन् । सोही किटानी जाहेरीको आधारमा शिक्षकलाई पक्राउ पुर्जी जारी गरिएको उनले बताएका छन् ।
पीडित बालिकाहरुका अनुसार साउन २१ गते शिक्षकहरुले दुरव्यवहार गरेका थिए । पीडित ३ जना बालिकाहरुले बिहिबार (२५ गते) प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि शिक्षकहरु खोजतलास भैरहेको प्रहरीले जनाएको छ । बालिकाहरु हाल अभिभावककै संरक्षणमा रहेका छन ।
प्रतिक्रिया