अखण्ड भारतको नक्साबारे बंगलादेशले माग्यो स्पष्टीकरण

काठमाडाैं । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सालाई लिएर विवाद जारी छ । नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र नक्सामा देखाइएको भन्दै विरोध भइरहँदा बंगलादेशले भारतसँग नक्साबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बंगलादेशकाका विदेश मन्त्री शाहरियर आलमले नयाँ दिल्लीमा रहेको दूतावासलाई भारतसँग नक्साबारे स्पष्टीकरण माग्न निर्देशन दिएको दि हिन्दुले उल्लेख गरेका छन् । बंगलादेशमा भने सत्तारुढ अवामी लिगबाहेकका पार्टीले नक्साको विरोध गरिरहेका छन्। बंगाली पोर्टल प्रोथोमालोका अनुसार सत्तारुढ गठबन्धनमै रहेको जतियो समाजतान्त्रिक दलले अखण्ड भारत कहिलै नभएको भन्दै विरोध गरिसकेको छ । बंगलादेश नेश्नलिस्ट पार्टीले पनि नक्सा बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकतामाथि प्रहार भएको जनाएको छ । अधिकांश विपक्षी पार्टीहरुले नक्सा हटाउन माग गरेका छन् ।

अखण्ड भारतको नक्सामा भारतले पाकिस्तान, नेपाल, अफगानिस्तान, बंगलादेश, म्यानमारसहितका दक्षिण एसियाली देशलाई समेटेको छ । पाकिस्तानले पनि नक्सालाई लिएर विरोध जनाइसकेको छ ।

प्रतिक्रिया