टीभीएसकाे एओजी मार्क्यु राइड

काठमाडौं । टीभीएस बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ । बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरुलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रुपमा टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । सामुहिक प्रयास भए के सफल हुँदैन र भन्‍ने भावनालाई युवाहरुको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । स्थापना काल देखिनै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको कम्पनीको दाबी छ ।

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बन्यो । ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरिएको थियो ।

फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनर्स ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागिता जनाएका थिए ।

फागुन ११ गते काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाए।

टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टीभीएस मोटोसोल इन्डियाका बारेमा बोल्दै भने, ‘हामी संसारभर छरिएका बाइकिङ प्रेमीहरुका लागि टीभीएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित छौँ। टीभीएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यलाई घरघरमा पुर्याउने एउटा मञ्च हो।’

यस कार्यक्रमका लागि काठमाडौंदेखि गोवासम्म अपाचे राइडरहरूसँग टीभीएस नेपाल जगदम्बा मोटर्स प्रालि टोली सहभागी भएकामा म उत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७००० किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेछन्। यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टिभिएस अपाचे प्रतिको राइडरहरुको प्रेम र विश्वासलाई साथै उनीहरु भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ।

७००० किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापा आफ्ना अनुभव यसरी सुनाउँछन्, ‘७००० किलोमिटर लामो यात्रा गर्न सहज थिएन। यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो। बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ। नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो। यसै यात्रा मार्फत नेपाल भारत र बङ्गलादेशका राइडरसँग चिनजान पनि बढ्यो। टीभीएसले मलाई नयाँ सम्बन्धहरु गाँस्‍न सघाएको छ। यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टिभिएस २०० ले सम्भव बनाइदियो।’

उनले थपे, ‘यात्राकै क्रममा भारतको गोवामा भएको टीभीएस मोटो सोल जस्तो भव्य कार्यक्रम पनि हेर्न मौका पाएँ। जहाँ बाइक स्टन्ट लगायत अन्य अरु बाइकिङका कार्यक्रम पनि भएका थिए। माइसोरमा रहेको टीभीएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो। आफूले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा अनि सन् १९८२ देखिको इतिहास बोकेको टीभीएसलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै खुसी लागेको छ। म टीभीएस नेपाल टिभिएस भारत र टीभीएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा बिशेष धन्यवाद दिन चाहन्छु।’

विज्ञापन र पीएसए मार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको थियो। नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरुलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोतसाहन गरेको थियो ।

टीभीएस एपाचे सिरिजका १६०, २०० र ३१० सिसिका बाइक लिएर ७००० किलोमिटर लामो यात्रामा निस्किएको एओजी टिमका सम्पूर्ण राइडरहरुले आफुले चलाएको बाइकको खुलेर प्रशंसा पनि गरे। आरामदायी बाइक पाएकाले यात्रामा शारीरिक समस्या कम भएको र बाइको उत्कृष्ट ब्रेकिङ, पिकअप पावर, ह्यान्डलिङ अनि माइलेजले गर्दा ठूला ठूला राजमार्गमा यात्रा गर्न सहज भएको राइडरहरुको भनाइ थियो। नेपालबाट यात्रा सुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राइडर र बिहारमा बंगलादेशका राइडरहरुलाई भेटेर यात्रालाई अघि बढाएका थिए।

राइडकै क्रममा एओजी टिमका सदस्यले फागुन १९ र २० गते गोवामा आयोजना भएको मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा पनि सहभागिता जनाए। भारतकै ठूलो मानिने उक्त फेस्टिभलमा विभिन्न बाइकिङ गतिविधिहरुका साथै टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिएको थियो। यस्ता राइड मार्फत टीभीएसले नेपाली राइडरलाई यात्राको अवसर दिने मात्र नभएर बाइकिङ क्षेत्रमा भइरहेका नयाँ परिवर्तनका बारेमा पनि जानकार बनाउन सहयोग गरेको छ। राइट टु ‌ओरिजिन नारा लिएर टीभीएस बाइकको निर्माण हुने ठाउँ माइसोर सम्म पुगेर बाइकको निर्माण प्रकियालाई हेर्ने मौका पाएका राइडरहरु यस्तो मौका दिलाइदिएकोमा टीभीएस नेपाल प्रति आभारी रहेको बताउँछन्।

फागुन ११ गते काठमाडौं बाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमै आएर समाप्त भएको थियो।

प्रतिक्रिया