शंकर बिसीको निर्देशन र नृत्यमा ‘बेसारे माया’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । निर्देशक शंकर बिसीको निर्देशन र नृत्यमा तयार भएको ‘बेसारे माया’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका मेलिना राई र गायक अशोक सुनारले आवाज दिएका छन् भने रमेश परियारको शब्द रचना संगीत रहेको छ ।

गीतको भिडियोमा भिडियोमा निर्देशक शंकर बिसीलाई मोडल मेलिना तामाङले नृत्यमा साथ दिएकी छन् । हरि हुमागाईले छायांकन गरेको गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन गरेका हुन् ।

निर्देश बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै गीतहरु बजारमा आएका थिए । तर, अमेरिकाबाट नेपाल आएपश्चात ९ महिनापछि नृत्य गरेको पहिलो गीत यही हो ।

उक्त गीतको भिडियोलाई रमेश परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा माया प्रेमका भावना प्रस्तुत गरिएको बताउँदै भिडियोमा पनि सोही अनुरुप नृत्यमा देखाइएको परियारले जानकारी दिए ।

प्रतिक्रिया