बझाङकाे अर्ग्यानिक तरकारी बेच्न धनगढीको सिवनगरमा डिपो

बझाङ । बझाङ जिल्लामा उत्पादन हुने अर्ग्यानिक तरकारीवाली आलु र बन्दा बेच्न कैलालीको सिवनगरवाट विक्रि डिपो सञ्चान गर्ने तयारी पुरा भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी अर्ग्यानिक तरकारीको माग बढ्दो भएको र कैलालीमा यातायातको राम्रो सञ्जाल विस्तार भएकाेले कैलाली आसपासका जिल्लाहरुका उपभोत्ताहरुलाई मध्यनजर गरी धनगढी बजारको शिवनगरमा बिक्रि कक्ष राखी बिक्री गर्ने कार्यको तयारी भएकोे हाे ।

जिल्ला कृषि ज्ञान केन्द्र बझाङ्रका कार्यालय प्रमुख टेक बहादुर विष्टका अनुसार धनगढीको शिवनगरमा विक्रि डिपो राखेपिछ बझाङ जिल्लाका कृषकहरुले उत्पादन गरेको आलु र वन्दाको लागी हाम्रो कार्यालयले ढुवानि,बाटोमा लाग्ने कर, गोदाम सटरको भाडा, ढक तराजु, लगाएतका सामान निशुल्क उपलब्ध गराउने र खरिदको लागी सुनिश्चितता हुनेछ । कृषि ज्ञान केन्द्रले यस पनी बझाङ जिल्लामा उत्पादन हुने तरकारीवाली भेरेको मह,कागुनु, कोदो, फापर,बासमती धानको लागी पहल चालेको थियो ।

प्रतिक्रिया