झिमरुकमा वास योजनाकाे काम थालिने

प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले झिमरुकले ग्रामीण भेगका स्थानीय उपभोक्तालाई गुणस्तरीय र सुरक्षीत खानेपानी वितरणको लागी वास योजनालाई आगामी बन्ने नीति तथा कार्यक्रममा समाबेश गरेर अगाडि बढ्ने बताएका छन् ।

झिमरुक गाउँपालिकाले बुधबार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले गाउँ र बजार क्षेत्रमा सुरक्षीत खानेपानी वितरण प्रणालीलाई स्वास्थ्य सरसफाइका क्रियाकलाप संग जोडेर लैजानुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

गत महिना गाउँपालिकाले झिमरुकको समृद्धिको लागि गरेको बृहत अन्तरक्रिया कार्यक्रममा प्राप्त भएको सुझाबलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बड्ने अध्यक्ष एमसीले बताएका छन् ।

अध्यक्ष एमसीका अनुसार गाउँपालिका भित्र रहेका सबै टोल बस्तिमा खानेपानीको समान वितरणलाई अहिलेको अवस्थाबाट सुधार गरेर थप प्रभावकारि बनाउन वास योजनाले दिएको गाइडलाईन अनुसार पहल थालिने बताए ।

गाउँपालिकामा तत्कालीन मध्यकालीन र दीर्घकालीन गरेर योजनालाई प्राथमिकता दिएर सन २०३० सम्म सरकारले लिएको दिगो बिकास लक्षलाई आत्मसात गर्दै गाउँपालिकाले सुरक्षीत खानेपानी र एक घर एक धारा र गुणस्तरीय खानेपानी वितरणलाई नियमित आपूर्ति र पुर्ण सरसफाइ क्रियाकलापलाई पूरा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय उपभोक्ताले आफ्ना संरचनालाई नियमित मर्मतसम्भार र जनश्रमदानलाई प्राथमिकता दिन समेत आग्रह गरेका छन् । उनले भने, संरचना र वितरण प्रणालीलाई गुणस्तरीय बनाएर मात्र पुग्दैन । उपभोक्ताहरुले नियमित रेखदेख, मर्मतसम्भार र सरसफाइलाई ध्यान दिएमात्र निर्माणाधीन योजनालाई लामो समय टिकाई राख्न सकिने बताए ।

गाउँपालिकाले वास योजनाको अन्तिम ड्राफ्ट तयार भइसकेकोले यस्को थप अध्याय गरेर अन्तिम रुप दिने तयारीमा रहेको अध्यक्ष एमसीले बताए । वास योजनाले अन्तिम रुप पाएपछि गाउँपालिकामा वितरण गरिने खानेपानी र निर्माण गरिने संरचनामा थप गुणस्तरीयता कायम गर्न सजिलो हुने बताए ।

संघ प्रदेश र स्थानीय तहमा अब बन्ने योजना तथा कार्यक्रम वास योजना अनुसार गर्नुपर्ने सहभागीहरुको जोड थियो ।

त्यस्तै स्थानीय जनतालाई सुरक्षीत र गुणस्तरीय खानेपानी घरघरसम्म पुर्याउन स्थानीय सरकारले बनाउने नीति र वास पालनमा भरपर्ने भएकोले यस तर्फ सकारात्मक पहल थाल्नुपर्ने संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझाले बताए । उनले भने, अहिले भैरहेको खानेपानीका मुहान र संरचनाको हालको अवस्था कस्तो छ र सुधारको लागि के गर्नुपर्ने भन्ने सिकाइबाट ग्रामीण जनतालाई वितरण गरिने खानेपानी सुरक्षा र गुणस्तर कायम लगाएत अब निर्माण हुने संरचना, पानीको शुद्धतामा भरपर्ने बताए । निर्माणाधीन संरचनाको नियमित मर्मतसम्भार र सरसफाइ कार्यलाई ध्यान दिन आग्रह समेत गरे ।

गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझा, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल खानेपानी बिभाग, कर्णाली जल परियोजना गाउँपालिका महा संघ प्रतिनिधि शिक्षा स्वास्थ्य सरसफाइ संग सम्बन्धित कर्मचारी वास फोकल पर्सन, संघ संस्थाहरु, वडा अध्यक्ष लगाएको उपस्थित रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया