प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण

डा.डिआर उपाध्याय

सीमा विवाद टाउको दुःखाइको विषय बनेको छ । यो मुद्दा लामो समयदेखि बल्झिँदै आएको छ । कहिले सेलाउने कहिले तात्ने गरेको छ । सीमा विवादका विषयमा दीर्घकालीन समाधान खोज्नुपर्छ । भारत सरकारले नेपाललाई जुन किसिमको हेपाहा प्रवृत्ति देखाउँदै आएको छ, यो राम्रो कुरा होइन । नेपाल र भारत छिमेकी देशको नाताले एकआपसमा मिलेर जानुपर्छ । भारतभन्दा नेपाल गरिब छ तर नेपालीको मन गरिब छैन । भारतमा नेपाली बहादुर भनेर चिनिन्छन् । नेपालीसँग आँट छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल जम्बो टोली लिएर बुधबार भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको चारदिने भारत भ्रमण सफल बनोस् भन्ने हाम्रो अपेक्षा हो । नेपाल र भारतबीच राम्रो सम्बन्ध कायम हुनुपर्छ । हामी भारत र चीनको बीचमा छौँ । हाम्रा लागि दुबै देश बराबरी हुन् । कसैलाई पाखा र कसैलाई काखा राख्ने बानी हाम्रो छैन । हामी कूटनीति ढंगले दुबै देशसँग बेलाबेलामा हुने गरेका समस्या समाधान गर्नेतिर लाग्नुपर्छ ।

आज हाम्रो देशको राजनीति अस्थिर छ । यही अस्थिर राजनीति देखेर भारत सरकारले नेपालप्रति हेर्ने दृष्टिकोणमा कुनै तलमाथि नगरोस् । यो कुरामा भारत भ्रमणमा निस्किएको प्रधानमन्त्री दाहाल नेतृत्वको जम्बो टोली सचेत र कूटनीति हिसाबमा कतै नचुकोस् । भारत भ्रमण सोचेभन्दा बढी सफल भएमा दाहालको राजनीतिक उचाइ माथि जानेछ । यस्ता भ्रमण पहिला पहिला पनि हुने गरेका थिए । तर, खासै उपलब्धि हुने खालका भ्रमण भएनन् । पहिला पहिला प्रधानमन्त्री भएको एक महिनाभित्र भारत भ्रमण हुने गर्दथ्यो । अहिले प्रधानमन्त्री भएको महिनौँ बिते पछि दाहाल भारत भ्रमणमा जान लागेका छन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण दुई देशीय हितअनुकूल बनाउने मामलामा उपलब्धिमूलक हुनुपर्छ । यो भ्रमण सफल पार्न भ्रमण टोली चनाखो बन्नुपर्छ । नेपालको स्वाभिमान उँचो राख्ने किसिमले भारत भ्रमण सफल बन्नुपर्छ । देशको हित विपरीत कुनै सन्धि सम्झौता गर्नु हुँदैन । भारत र नेपालबीच बेलाबेलामा सीमाका विषयमा विवाद आउने गर्दछ । यस्ता विषयमा दरो उभिएर कूटनीति ढंगले डिल गर्न नेपाल सरकार लत्रिनु कुनै हालतमा हुँदैन । सीमा विवाद टाउको दुखाइको विषय बनेको छ । यो मुद्दा लामो समयदेखि बल्झिँदै आएको छ । कहिले सेलाउने कहिले तात्ने गरेको छ । सीमा विवादका विषयमा दीर्घकालीन समाधान खोज्नुपर्छ । भारत सरकारले नेपाललाई जुन किसिमको हेपाहा प्रवृत्ति देखाउँदै आएको छ, यो राम्रो कुरा होइन । नेपाल र भारत छिमेकी देशको नाताले एकआपसमा मिलेर जानुपर्छ । भारतभन्दा नेपाल गरिब छ तर नेपालीको मन गरिब छैन । भारतमा नेपाली बहादुर भनेर चिनिन्छन् । नेपालीसँग आँट छ ।

नेपालको राजनीतिमा बेलाबेलामा अस्थिरता आउने गर्नाले पनि देशको किास हुन सकेको छैन । छिमेकी देशहरूले पनि हेप्ने कारण यही हो । अरू देश कहाँदेखि कहाँ पुगीसके हामी जहाँको त्यही हुनु लाजमर्दो कुरा हो । अब पनि सोचेनौँ भने हामी धेरै पछि पर्नेछौँ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको सफलतामा नेपाली खुसी हुनेछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस्, हाम्रो शुभकामना  । नेपाल र भारतको सम्बन्ध आजको होइन, हजारौँ वर्ष पुरानो हो । यो सम्बन्धलाई युगौँ युग कायम राख्दै अघि बढ्नुपर्छ । सानातिना विवादमा अल्झिएर बिकासका ढोका बन्द गरिनु हँुदैन । दुबै देश दीर्घकालीन समस्या खोज्दै अघि बढ्नुपर्छ । एकआपसमा फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । हजारौँ वर्ष पुरानो सम्बन्धलाई बचाइराख्नु पर्छ । नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध राम्रो बन्नुपर्छ । भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू प्रगाढ रहेका यी दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ आयाम दिन सक्नुपर्छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण दुई देशका गम्भीर समस्याहरूको समाधान खोजीमा केन्द्रित हुनुपर्नेछ । दुई देशको सम्बन्ध बिस्तार प्रगाढ बन्न सकोस् । प्रधानमन्त्री दाहालको उच्चस्तरीय भ्रमण भएकोले कुनै हिसाबले फितलो नबनोस् । प्रधानमन्त्री दाहालको भारत भ्रमणको विषयलाई लिएर सबैको चासो बढेर गएको छ । यो स्वभाविक पनि हो । यो भ्रमणलाई सफल र फलदायी बनाउन सबै नेपालीले भित्रि मनबाट शुभकाना दिनुपर्छ । भारत छिमेकी र असल मित्रराष्ट्र पनि हो । भारतसँग नेपालले फुकाउनुपर्ने गाँठाहरू थुप्रै छन्, यो भ्रमणले ती समस्याहरूका गाँठाहरू फुकाउन सफल बनोस् । प्रधानमन्त्री दाहालको भ्रमणका केही एजेन्डा सार्वजनिकसमेत छन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक भारतीय आकाशको हवाई रुट, काठमाडौं–रक्सौल रेलमार्ग, विद्युत् व्यापार, डिजिटल भुक्तानी र सीमा समस्यालाई भ्रमणका मुख्य एजेन्डा मानिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा नेपाल–भारत सीमा समस्या यो भ्रमणले सुल्झाउन सकोस् । त्यसमा प्रधानमन्त्रीको कूटनीतिक पहल होस् । नेपाल–भारत सम्बन्ध राम्रो हुँदाहुँदै पनि सीमालगायत विषयले दुई देशबीच जटिलता थप्ने गर्दछ । यसमा गम्भीर बन्न जरुरी देखियो । यस्ता समस्याले बेलाबेलामा दुई देशबीचमा दरार आउने पनि गरेको छ । सम्बन्धमा जटिलताहरू आउन नदिन दुई देशबीच राम्रो कूटनीति डिल हुन जरुरी छ ।

प्रधानमन्त्रीस्तरीय भ्रमणकै सिलसिलामा मात्रै संवेदनशील उल्झन र अप्ठेरा सुल्झाउन सकिने देखिँदैन । यसमा दुई देशका निकायहरूकै सक्रियता आवश्यक हुन्छ । पञ्चशील र असंलग्न मान्यतासहितको परराष्ट्रनीति नै शिरोपर गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सबैभन्दा पहिला थप विश्वासको वातावरण बनाउन जरुरी छ । नेपालको हितमा दह्रो एजेन्डा लिएर भारत जानु उचित हुन्छ । दाहालले तेस्रोपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्न थालेका छन् । दाहाल प्रधानमन्त्री भएको पाँच महिना पुग्नै लाग्दा भारत भ्रमणको चर्चा पटकपटक नभएको पनि होइन । यसपटकको भ्रमणमा जलविद्युत् आयोजना, ट्रान्समिसन लाइन विस्तार, पारवहन, हवाई उड्डयनलगायतका विषयलाई प्राथमिकता राखेर एजेन्डा तय गरिएको छ ।

भ्रमण साँच्चिकै महत्वपूर्ण र फलदायी बनाउने हो भने नेपालले केही विषयलाई गम्भीरताका साथ उठाउन आवश्यक देखिन्छ । नेपाल भारतबीच देखिँदै आएको सीमा समस्याको दीर्घकालीन समाधान खोज्नु आजको आवश्यकता हो । भारतले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता ल्याउन सक्नुपर्छ । यति गर्नसके प्रधानमन्त्री दाहालको भ्रमण साँच्चिकै ऐतिहासिक बन्नेछ । लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालले चुच्चे नक्सामा समेटेको छ । सो भूभाग फिर्ता ल्याउनसके प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक र फलदायी हुनेछ । लामो समयदेखि भारतले हडपेर राखेको भूभाग नेपालले फिर्ता ल्याउन सक्नुपर्छ । यस विषयमा प्रधानमन्त्रीले दह्रो खुट्टा टेकेर कुरा उठाउन सक्नुपर्छ ।

नेपाल र भारतबीच विभिन्न समयमा भएको विद्युत् व्यापार सम्झौता पूर्णरूपमा कार्यान्वयनमा आएको छैन । यसलाई पूर्ण कार्यान्वनको दिशामा लैजान पहल गर्नुपर्नेछ । यो सँगसँगै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट उपलब्ध गराउने विषय पनि चुनौती बनेको छ । भारतको रक्सोलदेखि काठमाडौंसम्मको विद्युतीय रेलमार्ग अघि बढाउने र सीमापार आतंकवाद नियन्त्रण गर्नेजस्ता विषय पनि उठाउनुपर्ने विषय हुन् । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । पछिल्लो समय दक्षिण एसियामा देखिएको भूराजनीतिक टकराव र प्रतिस्पर्धाले क्षेत्रीय तहमा हुने प्रभाव र दुई देशबीचको इतिहासदेखिको सम्बन्धमा पार्ने नकारात्मक असर पर्ने विषय साझा विषय हुन ।

छिमेकी देशको हरेक कदम अर्को छिमेकीको चासोको विषय हुनु स्वाभाविकै हो । भारत र पाकिस्तान तथा भारत र चीनबीच चिसो सम्बन्धलाई पनि क्षेत्रीय समस्याका रूपमा नेपालले हेर्नुपर्छ । दुवै छिमेकी देशले यो निर्णयलाई चासोपूर्वक हेरिरहेका छन् । छिमेकी भएको नाताले मात्रै होइन, हाम्रा दुवै छिमेकीले पनि असंलग्न रहन रुचि र दृढता प्रकट गर्दै आएकाले शक्तिराष्ट्रको शरणार्थी समस्या यस क्षेत्रकै क्षेत्रीय समस्या बन्दै गइरहेको छ । यस्तो अवस्थामा सार्कलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेसम्बन्धी तुरुन्तै सार्कस्तरीय छलफल गर्नुपर्ने आवश्यक देखिन्छ । त्यसका लागि अध्यक्षको नाताले प्रचण्डले समकक्षीसित उपयुक्त वार्तालाप पनि गर्नुपर्नेछ ।

दुई देशको सम्बन्धमा बेलाबेलामा दरार ल्याउने अत्यधिक प्रयत्न भइरहेका पनि छन् । असमझदारी र असहमतिको दुरी न्यूनीकरण गरी आपसी अन्तरसंवादको वातावरण निर्माण गर्ने अवस्था पनि कमजोर हुँदै गइरहेको छ । दुई देशका समकक्षीबीच सिधै राजनीतिक नेतृत्वको तहमा संवाद गर्न सक्ने परिस्थितिको सिर्जना गर्ने किसिमको वातावरण तयार गर्ने पनि यो भ्रमणलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया