छोराले बुबालाई बन्चरो प्रहार गर्दा गम्भिर घाइते

बझाङ । बझाङमा छोराले आप्नै नाता पर्ने बुबालाई बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ –११ का १६ बर्षिया छोरा अमृत रोकायाले बुबा बिक्रम रोकायालाई मँङ्गलवार ३ बजे सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा गम्भिर घाइते भएका हुन ।

अमृतले गाउँघरमा झैझगडा गर्ने गरेको छोरालाई झगडा किन गरेको भनेर सम्झाउदा सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिए । घाइते रोकायाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धनगढी रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी अवस्थीले भने, ‘बुबालाई बन्चरो प्रहार गरेको देखेपछी आमालाई पनि बन्चरो प्रहार गर्दा शरीरमा ३ टाका जती लगाको छ ।’ बन्चरो प्रहार गर्ने अमृत फरार रहेको खोजि कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया