सागर ओलीले ल्याए ‘गोली खालास ओई’

काठमाडौं । गायक तिलक तिलक ओली र शक्ति चन्दको आवाजमा ‘गोली खालास ओई’ नामक गीत र भिडियोबजारमा आएको छ । सागर ओलीको युट्युब च्यानलमार्फत सार्वजनिक गीत र भिडियोमा केटाकेटाबीचको ब्याटल प्रस्तुत गरिएको छ ।

उक्त गीतमा शब्द पनि तिलक ओली र शक्ति चन्दकै रहेको छ भने संगीत संयोजन तिलक ओलीले गरेका हुन् । मालाश्री स्टुडियो रेकर्ड गरिएको गायक ओलीले बताए ।

सागर ओलीको निर्देशन र अनिश जिएमको क्यामेराबाट तयार भएको भिडियोलाई नवीन ओलीले सम्पादन गरेका हुन् । भिडियोमा तेज ओलि, यशकुमार ओली र रमेश ओली लगायतको अभिनय गरेका छन् ।

प्रतिक्रिया